मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हलमा ‘ज्वाइँ साब’ हाउसफूल, अकुपेन्सी उत्साहजनक

हलमा ‘ज्वाइँ साब’ हाउसफूल, अकुपेन्सी उत्साहजनक

images
२०८१ आश्विन २८ गते, सोमवार
२०८१ आश्विन २८ गते, सोमवार
  • काठमाडौं । गत असोज २४ गते बिहीबार फुलपातीको दिन रिलिज फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ ।

    images

    अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको छ ।

    images

    फिल्मका निर्देशक वसन्त निरौलाले फिल्म प्रदर्शनको दिन आफ्नो फिल्मको अकुपन्ेसी कम भए पनि सोमबारसम्म आइपुग्दा शोको अकुपेन्सी उत्साहजनक रुपमा बढेको बताए । ‘पहिलो दिन ३० प्रतिशतमात्र अकुपेन्सी रहँदा तेस्रो दिनसम्म ८० प्रतिशत अकुपेन्सी बढेको छ । धेरै हलले शो पनि थपिरहनुभएको छ । फिल्म राम्रो भएपछि दर्शक र शो पनि थपिन्छ भन्ने यो उदाहरण हो’, उनले भने ।

    फिल्म हेर्ने अधिकांश दर्शकले प्रमुख कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । फिल्ममा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बुझाई निर्माण पक्षको छ ।

    राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।

    Jwai Sab 3.jpg

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend