आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

सिद्धार्थ बैंकको शेयर कर्जासम्बन्धी सेवा थप सहज र प्रविधिमैत्री

सिद्धार्थ बैंकको शेयर कर्जासम्बन्धी सेवा थप सहज र प्रविधिमैत्री

images
२०८३ कार्तिक १० गते, मंगलवार
२०८३ कार्तिक १० गते, मंगलवार
  • काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले शेयर कर्जासम्बन्धी सेवालाई थप सहज र प्रविधिमैत्री बनाउँदै मोबाइलबाटै आवेदन दिन सकिने नयाँ सुविधा ल्याएको छ।

    images

    सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूका लागि शेयर कर्जासम्बन्धी सेवालाई थप सहज र प्रविधिमैत्री बनाएको हो। यो सेवा सुरु भएसँगै अब ग्राहकले सेयर कर्जाका लागि मोबाइलबाटै आवेदन दिन सक्ने छन्।

    images

    यसरी आवेदन दिंदा मोबाइल बैंकिङ एपको प्रयोग भने गर्नु पर्नेछ। यस सुविधासँगै सेवाग्राहीहरूले कर्जाका लागि अनावश्यक रूपमा बैंक धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्।

    डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै बैंकले शेयर बजारमा लगानी गर्ने वा शेयर धितोमा कर्जा लिन चाहने ग्राहकहरूको समयको बचत गर्न यो नवीन सेवा सुरु गरिएको जनाएको छ।

    यस सुविधा अन्तर्गत मोबाइलबाटै सहज, छिटो र झन्झटमुक्त ढङ्गले प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ। यस सेवाबारे थप जानकारी आवश्यक परेमा ग्राहकहरूले सिद्धार्थ बैंकको २४ घण्टे कस्टमर केयर नम्बर ०१-५९७००२० मा फोन गर्न वा customercare@sbl.com.np मा इमेल पठाउन सक्नेछन्। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend