आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

नर्भिक अस्पतालको सेवा अब सातै दिन खुला

नर्भिक अस्पतालको सेवा अब सातै दिन खुला

images
२०८३ बैशाख ११ गते, शुक्रवार
२०८३ बैशाख ११ गते, शुक्रवार
  • काठमाडौं। नर्भिक अस्पतालले शनिबारका दिनमा पनि अस्पतालको सेवा सञ्चालनमा ल्याएको छ।

    images

    अन्य दिन कार्यालय जानुपर्ने हुँदा स्वास्थ्य उपचारमा जान फुर्सद नपाउने र शनिबार अस्पतालहरुको सेवा पनि बन्द हुने कारणले धेरैले चाहेर पनि आफ्नो स्वास्थ्य जाँच समयमै गराउन नपाएको अवस्थालाई ख्याल गर्दै नर्भिकले आफ्नो सेवालाई शनिबार पनि संचालन गरेको हो।

    images

    कार्यव्यस्तताकै कारण स्वास्थ्यमा समस्या नै देखिदा पनि उपचारमा पुग्न नपाएकाहरुलाई यो सुविधाले सहज हुने अपेक्षा अस्पतालको छ।

    नर्भिक अस्पताल थापाथलीमा छ। सो अस्पतालमा यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो।

    अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ गते शनिबार देखि लागु हुने गरि हरेक शनिबार पनि खुला रहने व्यवस्था गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले जानकारी दिए। 

    सिइओ मिश्रका अनुसार शनिबारका लागि नियमित सञ्चालनमा रहेको आकस्मिक सेवासँगै अब ओपीडी सेवा अन्तर्गत रहेको डाक्टरको परामर्श,  प्रयोगशाला परीक्षण, इमेजिङ सेवाहरु जस्तैः एक्सरे, सिटी स्क्यान, एमआरआई र स्वास्थ्य जाँचहरु शनिबार पनि खुला रहनेछन्।

    यी सेवाहरुमा बैशाखभरका लागि १० प्रतिशत छुटको व्यवस्था समेत गरेको सिइओ मिश्रले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend