काठमाडौं। नेपाल नर्सिङ संघले नर्सहरुका बाँकी माग तत्काल सम्बाेधन गर्न स्वास्थ्य मन्त्रालयकाे ध्यानाकर्षण गराएकाे छ।
संघले बिहीबार एक ध्यानाकर्षण पत्र जारी गर्दै नर्सहरुका असहमतिमाथि सम्बाेधन गर्दै सेवामा फर्किने वातावरण सृजना गर्न स्वास्थ्यमन्त्रीकाे ध्यानाकर्षण गराएकाे हाे।
कात्तिक १५ गते भएको सहमतिमा उल्लेख भएको `ग्रस स्यालरी´ रकमलाई नै `बेसिक स्यालरी´ अर्थात् न्यूनतम पारिश्रमिक कायम गर्न संघकाे माग छ।
यस्तै रात्रीकालीन सेवाकाे भत्ता, जाेखिम भत्ता, पाेशाक भत्ता, लगायतका सुविधा स्पष्ट हुनुपर्ने माग पत्रमार्फत राखिएको छ।
यसअघि कात्तिक १५ गते निजी अस्पताल तथा मेडिकल कलेजहरुले नर्सहरुलाई सरकारी पाचौं तह सरहकाे न्यूनतम पारिश्रमिक दिने सहमति भएको थियाे।
तर यसबारे पनि अन्याैलता भएको र अन्य सेवा सुविधा स्पष्ट नभएको भन्दै असन्तुष्ट नर्सहरु अझै आन्दोलनमा छन्।




