बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

स्वास्थ्य मन्त्रीले जर्मनी राजदूतसँग खोजिन स्वास्थ्य बीमाको ब्यवस्थापनमा साथ

स्वास्थ्य मन्त्रीले जर्मनी राजदूतसँग खोजिन स्वास्थ्य बीमाको ब्यवस्थापनमा साथ

images
२०८२ कार्तिक २० गते, बिहिवार
२०८२ कार्तिक २० गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र जर्मनीका राजदूत उडो युजेन भोल्जबीच स्वास्थ्य क्षेत्रको साझेदारी र सहकार्य बारे छलफल भएको छ।

    images

    बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री गौतम र राजदूत भोल्चबीच भेटवार्ता भएको थियो। सो भेटवार्तामा नेपालको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनेदेखि एआईको प्रयोगमा सघाउने विषयमा छलफल भएको हो।

    images

    भेटका अवसरमा दुई देशबीच स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने लगायत विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    उक्त भेटवार्तामा स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ बनाउने, जेनेरिक औषधिको गुणस्तरीय उत्पादन, स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालले बताएको हो 

    यस्तै डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) प्रयोगमार्फत स्वास्थ्य बीमा दावी व्यवस्थापन गर्ने, स्वास्थ्य पूर्वाधार विकास गर्ने लगायत विषयमा सहयोग गर्ने बारे पनि भेटवार्ताका क्रममा छलफल भएको थियो।

    सो क्रममा मन्त्री गौतमले संघीय गणतन्त्र जर्मनी सरकारले नेपालमा हालसम्म स्वास्थ्य क्षेत्रमा गरेका विभिन्न सहयोगहरूको स्मरण गर्दै सो सहयोगप्रति हार्दिक आभार व्यक्त गरेकी थिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend