बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

स्वास्थ्यमा जिम्मेवारी हेरफेर

परिवार कल्याणमा मदन, व्यवस्थापनमा केशवराज

परिवार कल्याणमा मदन, व्यवस्थापनमा केशवराज

थपलियाको जिम्मामा सुचना केन्द्र

images
२०८२ कार्तिक १८ गते, मंगलवार
२०८२ कार्तिक १८ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ।

    images

    मन्त्रालयमा नयाँ नेतृत्व आएपछि केही कर्मचारीको जिम्मेवारी फेरबदल गरिएको हो। यो नयाँ मन्त्री आएपछि चल्दै आएको विगत देखिकै परम्परा हो।

    images

    जसअनुसार मन्त्रालयले डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा पठाएको छ। यसअघि उक्त महाशाखामा डा. विवेक लालले नेतृत्व गरेका थिए। तर उनी हाल निलम्बनमा छन्।

    यसैगरी डा. राधिका थपलियालाई राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको छ। केन्द्रका निर्देशक रहेका डा. केशवराज पण्डितलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ। थपलिया भने यसअघि कोशी प्रदेशको स्वास्थ्य सचिव थिइन्। 

    यसैगरी व्यवस्थापन महाशाखामा रहेका डा. पवनजंग रायमाझीलाई मन्त्रालयले उपचारात्मक सेवा महाशाखाको जिम्मेवारी दिएको छ। त्यहाँ जिम्मेवारीमा रहेकी डा. सुधा देवकोटा डडेलधुरा अस्पतालको निर्देशक बनेर गएयता खाली थियो।

    यसैगरी नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासलाई मन्त्रालयमा ल्याइएको छ। दासले बिरगंजको सो अस्पतालमा सुधारको प्रयास गरिरहेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend