बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

नर्सको आन्दोलन : अत्यावश्यक बाहेकका सेवा बन्द गरेर गेटमा धर्ना

नर्सको आन्दोलन : अत्यावश्यक बाहेकका सेवा बन्द गरेर गेटमा धर्ना

images
२०८२ कार्तिक १४ गते, शुक्रवार
२०८२ कार्तिक १४ गते, शुक्रवार
  • काठमाडौं। नेपाल नर्सिङ संघको आन्दोलनका कारण आज पनि अस्पतालहरुमा सेवा प्रभावित भएको छ।

    images

    संघले दाेस्राे चरणकाे आन्दाेलनकाे घाेषणा गर्दै अत्यावश्यक बाहेकका सेवा बिहान १० बजेदेखि १२ बजेसम्म ठप्प पार्ने निर्णय गरेको थियो। यो दुई घण्टा सेवा बहिष्कार गरेर अस्पताल परिसरमा धर्ना दिने गरि संघले बिहीबार (हिजो) बाट आन्दोलन सुरु गरेको हो।

    images

    सेवा बहिष्कार गरेर धर्नामा सहभागी भएका नर्सहरुले सरकारले तोकेको न्युनतम पारिश्रमिक पाउनु पर्ने, कामको सम्मान हुनु पर्ने, श्रमशोषण अन्त्य हुनु पर्ने लगायतका प्लेकार्ड बोकेका छन्।

    संघले गत बुधबार एक विज्ञप्ती जारी गर्दै नर्सहरुकाे न्यूनत्तम तलब र सेवा सुविधाका सम्बन्धमा गर्दै आएकाे विराेध र आन्दोलनका कार्यक्रमलाई यथावत् राख्ने निर्णय गरेकाे थियो।

    यसअघिकाे तालिका अनुसार नै निजी, सामुदायिक तथा मेडिकल कलेजहरुमा अत्यावश्यक बाहेकका सेवामा सहभागी नभइ बिहान १० बजेदेखि १२ बजेसम्म बाहिर निस्कने र धर्नामा बस्ने संघकाे निर्णय थियो।

    नर्सहरुका मागका सम्बनधमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समेत सम्बाेधन हुन नसकेकाे संघले गुनासाे छ।

    मन्त्रालयले सबैखाले स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई न्यूनतम सरकारी पाचौं तह सरहकाे तलब सुविधा दिन निर्देशन दिएपनि निजी र मेडिकल कलेजहरुबाट साेअनुसार नपाएको भन्दै यतिखेर देशभरका नर्स आन्दोलनमा छन्। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend