काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ
निगमले आज साँझ एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ बढाइएको जानकारी दिएको छ।
काठमाडौंमा अब पेट्रोलको मूल्य एक लिटरको १८७ रुपैयाँ पुगेकाे छ। अब डिजेल र मट्टीतेलकाे मूल्य भने १६७ रुपैयाँ प्रतिलिटर पुगेकाे छ।




