बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

बजारमा ग्यासको कृत्रिम अभाव, ललितपुरमा गोदाममा भेटियो ६ हजार बढी भरिएका सिलिन्डर

बजारमा ग्यासको कृत्रिम अभाव, ललितपुरमा गोदाममा भेटियो ६ हजार बढी भरिएका सिलिन्डर

images
२०८२ चैत्र २ गते, सोमवार
२०८२ चैत्र २ गते, सोमवार
  • ललितपुर। बजारमा ग्यासको कृत्रिम अभाव सृजना गराइ ललितपुरको हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर भेटिएको छ।

    images

    सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेलापारेको हो।

    images

    ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेलापारेको हो।

    विभागले सो उद्योगलाई रु तीन लाख जरिवाना गराएको छ। ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ।

    ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ।

    पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशङ्कामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend