काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ।
आयल निगमले आइतबार राति पेट्रोलियम पदार्थको मुल्यमा एकैपटक भारी वृद्धि गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर १५ र डिजेल/ मट्टीतेलमा १० रुपैयाँ प्रति लिटर बढाइएको छ।
बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य १७२ र डिजेल/ मट्टीतेलको मूल्य १५२ रुपैयाँ प्रति लिटर पर्नेछ। यो मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको हो।
निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको परिवेश तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण मुल्य वृद्धि गर्नु पर्ने अवस्था आएको हो। जसका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको निगमले जनाएको छ।
निगमले ग्यासको मूल्य भने यथावत राखेको छ। भारतबाट बढेर आएपनि ग्यासको मूल्य भने बढाइएको छैन।



