बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

आजबाट आधा सिलिन्डर मात्र ग्यास पाइने, मूल्य कति?

आजबाट आधा सिलिन्डर मात्र ग्यास पाइने, मूल्य कति?

images
२०८२ फाल्गुण २९ गते, शुक्रवार
२०८२ फाल्गुण २९ गते, शुक्रवार
  • काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको माग उच्च भएपछि आजदेखि आधा सिलिन्डर मात्रै विक्री वितरण गर्ने भएको छ।

    images

    निगमको बिहीबारको सञ्चालक समिति बैठकले शुक्रबारबाट आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो। 

    images

    निगमले यसअघि पनि अभाव बढेका वेला आधा सिलिन्डर ग्यास वितरण गर्ने गरेको थियो। आधा सिलिन्डर ७.५ किलोग्राम ग्यासको मुल्य ९५५ रुपैयाँ पर्ने निगमले जनाएको छ। आम उपभोक्ता वर्गलाई सोहीअनुसार ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ।

    विगत दुई तीन महिना यता खाना पकाउने ग्यासको माग उच्च हुँदै आएको छ। उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको हो।

    पछिल्लो समय बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढेको ठहरगर्दै  त्यस्तो निर्णय गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। निगमले इन्डियन आयल निगम (आईओसी)सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ।

    तर पछिल्लो समय भारतमै अभाव हुन थालेपछि मागअनुसारको ग्यास आउन छाडेको बताइएको छ। नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्छ। पछिल्लो समय  दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend